कांग्रेसको कोइराला पक्षद्वारा केन्द्रीय कार्यालयमै धर्ना, ‘टिकट बाँड्दा देउवाले एकलौटी र मनपरी गरे’

 असोज १२, २०७९ बुधबार १४:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चुनावको टिकट वितरणमा चरम गुटबन्दी गरेको भन्दै नेपाली कांग्रेसको शेयर कोइराला पक्षले पार्टी कार्यालमै धर्ना दिएको छ ।

शेखर कोइराला पक्षका नेता, कार्यकर्ताले आज बुधवार केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् । उनीहरूले समान अवसर र न्यायको निम्ति धर्ना कार्यक्रम लेखिएको ब्यानर पनि टाँगेका छन् । आउँदाे मङ्सिर ४ गते हुने चुनावमा समानुपातिकतर्फको बन्दसूचीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुट र आफन्तको मात्रै नाम समावेश गरेको तथा प्रत्यक्षतर्फको टिकटमा पनि भेदभाव गरिरहेको भन्दै कोइराला पक्षले धर्ना दिएको हो ।

धर्नामा शेखर कोइराला, गगन थापा, धनराज गुरुङलगायतका शीर्ष नेताहरू भने उपस्थित छैनन् । शीर्ष नेता नआए पनि उहाँहरूको समर्थन रहेको नेता गुरुराज घिमिरेले बताउनुभयो । आफूहरूको आन्दोलन पार्टी  र कुनै नेताको विरुद्धमा नभइ पार्टीभित्रको अन्यायविरुद्ध भएको घिमिरेको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया