दाङमा सुनको सिक्री लुटेर भाग्दै गर्दा एक जना पक्राउ

 असोज १५, २०७९ शनिबार १०:५१:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर बसपार्कमा आज बिहान सुनको सिक्री लुटेर भाग्दै गरेकाे अवस्थामा एक जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी शोभा बुढाथोकीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा वीरगञ्जका ११ वर्षीय सन्दीप राय पक्राउ परेका हुन् ।

सन्दीपलाई स्थानीयले घेरा हालेर पक्राउ गरी प्रहरीकाेमा बुझाएका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया