नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघ्यो

 असोज १५, २०७९ शनिबार १७:२४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । 

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो । 

यसैबीच, पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय ३२ जनाको नमुना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

थप ९६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ सय २५ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया