आजको मौसम घमाइलो, भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना

 असोज १७, २०७९ सोमबार ७:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।

बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उहाँले बताउनु भएको छ ।

यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन् । भोलिदेखि एक हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया