यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार स्वीडेनका पाबोलाई

 असोज १७, २०७९ सोमबार १७:२१:५९ | एजेन्सी
unn.prixa.net

यस वर्ष अर्थात सन् २०२२ को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार स्वीडेनका आनुवंशिकविद् स्वान्ते पाबोले पाउनुभएको छ ।

पाबोले विलुप्त पूर्वजहरूबाट आधुनिक समयका मानिसहरू कसरी विकसित भए भन्ने विषयमा गरेको खोजको लागि नोबेल पुरस्कार जितेको छनौट समितिले जनाएको छ । समितिले  पाबोले  विलुप्त होमिनिन र मानव विकासको जीनोमहरू सम्बन्धी गरेका खोज अकल्पनीय रहेको पनि जनाएको छ ।

जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजीका संस्थापक र ओकिनावा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा सहायक प्रोफेसरको रूपमा पनि काम गर्ने पाबोले हेर्दा असम्भव देखिने कुरालाई अनुसन्धानबाट पूरा गरेको खबरमा उल्लेख छ ।

भोलि मंगलवार भौतिकशास्त्रतर्फको, पर्सी बुधवार रसायनशास्त्रतर्फ र बिहीवार साहित्यका लागि नोबेल पुरस्कारको घोषणा हुनेछ । यस्तै शुक्रवार नोबेल शान्ति पुरस्कार र आउँदो २४ गते सोमवार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुने खबरमा उल्लेख छ ।

यो पुरस्कार संसारको सबैभन्दा प्रतिष्ठित स्वीडेनको कारोलिन्स्का संस्थानको नोबेल सभाले प्रदान गर्दै आएको छ । नोबेल पुरस्कारको राशी नौ लाख अमेरिकी डलरको रहेको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया