‘अहिलेसम्म निर्मलाको हत्यारा पत्ता नलाग्नुको कारण भनेकै घटनामा राज्यको संलग्नता हुनु हो’

 असोज १४, २०७५ आइतबार १४:३२:३० | हेमराज शर्मा

दाङ – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले वर्तमान सरकारले संघीय प्रणालीलाई ध्वस्त पार्न खोजेको आरोप लगाउनुभएको छ ।

प्रेस यूनियन दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा निधिले संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम वर्तमान सरकारले अहिलेसम्म गर्न नसकेका कारण संघीय व्यवस्था नै ध्वस्त हुने हो कि भन्ने आशंका कांग्रेसमा बढ्दै गएको बताउनुभएको हो ।

‘वर्तमान सरकारको ६÷७ महिनाको अवधिमा संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम हुन नसक्नु दुर्भाग्य हो’, निधिले भन्नुभयो, ‘वर्तमान सरकारको यो कमजोरीले कतै संघीय व्यवस्थालाई नै ध्वस्त बनाउन लागिएको त हैन भन्ने आशंका बढेको छ ।’

भर्खरै सकिएको प्रतिनिधिसभाको अधिवेशनबाट समेत प्रदेश सरकारलाई दिइने अधिकार सम्बन्धी कुनै पनि कानुन निर्माण नहुनुले वर्तमान सरकारको नियत माथि प्रश्न राख्ने ठाउँ प्रशस्त रहेको उहाँले बताउनुभयो । ‘अहिलेसम्म प्रदेश सरकारको कन्ट्रोलमा राज्यको कुनै पनि निकाय छैन’, निधिले भन्नुभयो, ‘यसको संकेत के हो त ? यो गम्भीर प्रश्न उब्जिएको छ ।’ 

देशमा बढिरहेका आपराधिक घटनाका दोषी राज्यले पक्राउ गर्न नसक्नुमा ती घटनाहरुमा राज्यकै संलग्नता रहेको दाबी समेत उहाँले गर्नुभयो । कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डबारे उहाँले भन्नुभयो, ‘अहिलेसम्म हत्यारा पत्ता नलाग्नुको प्रमुख कारण भनेकै त्यो घटनामा राज्यको संलग्नता हुनु हो ।’

वर्तमान सरकारको गतिविधिका कारण नागरिक आजित बनिसकेको भन्दै वर्तमान सरकारको असफलता सत्तारुढ पार्टीकै नेताहरुको आलोचनाले प्रष्ट पारेको समेत बताउनुभयो ।


 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया