चाडपर्व सुरु भएसँगै दुर्घटना बढ्यो, यान्त्रिक परीक्षण प्रभावहीन

 असोज १८, २०७९ मंगलबार ७:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चाडपर्व सुरु भएसँगै दुर्घटना बढेका छन् । चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले यही मौका छोपेर व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

गाडी दुर्घटना हुनुमा अरु पनि धेरै कारण छन् । क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुन्छ । यस्तै, सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारण पनि दुर्घटना हुने गरेको छ ।

सरकारले हरेक वर्ष चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दूरीमा आलोपालो चलाउने गरी चालक राख्न निर्देशन दिने गरेको छ ।

तर, नियमको पालना नहुँदा चाडपर्वका बेला हुने दुर्घटना न्यूनीकरण हुन सकेको छैन । दुर्घटना रोकथामका लागि भन्दै यसपटक नाकाहरुमा गाडीको यान्त्रिक परीक्षण भइरहेको छ । तर, यो पनि प्रभावकारी देखिएको छैन ।

घटस्थापनाका दिनदेखि अभियान सुरु गरिए पनि अहिले खासै यो अभियान सञ्चालनमा छैन । 


 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया