केही दिन वर्षा हुने भएपछि किसानलाई चिन्ता

 असोज १८, २०७९ मंगलबार १२:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेपछि किसानलाई चिन्ता परेको छ । दशैँको मुखमा पर्ने पानीले किसान पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा परेका छन् ।

पाकेर काट्ने अवस्थामा पुगेको धान ठूलो वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको कैलालीको जानकी गाउँपालिकाका रामसुन्दर चौधरीले बताउनुभयो । गएको वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो ।

आजदेखि वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनको सूचनापछि धान काट्न नथालेको किसान चौधरीले बताउनुभयो ।

टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काट्नुभएको छैन । यतिखेर धान पाक्ने बेला भएकाले दशैँ मनाउनेभन्दा पनि धान कसरी जोगाउनतर्फ ध्यान गएको किसानले बताएका छन् ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया