बिरामीको ज्यान गएपछि आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरे, १३ जना पक्राउ

 असोज १८, २०७९ मंगलबार १७:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – उपचारका क्रममा बिरामीको ज्यान गएपछि आफन्तले चितवन मेडिकल कलेज भरतपुरमा तोडफोड गरेका छन् ।

भरतपुर महानगरपालिका– १३ का ३६ वर्षका रमेश कुँवर प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि भर्ना भएकोमा हिजो साेमवार बेलुका उपचारकै क्रममा ज्यान गएको विषयलाई लिएर आफन्तले आज मङ्गलवार अस्पतालमा तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो नै कुँवरको मृत्युको विषयमा आफन्तलाई जानकारी दिइएको र हिजो कुनै प्रतिक्रिया नदिएका आफन्तले आज भने एक्कासी हुलसहित आएर तोडफोड गरेका अस्पतालले जनाएको छ ।

तोडफोडका कारण अस्पतालको आईसीयू कक्ष र विभिन्न उपकरण तथा झ्याल ढोकामा क्षति पुगेको छ । तोडफोडमा संलग्न १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया