आज देशभर वर्षा, भाेलि पश्चिम भागमा ठूलाे पानी पर्ने सम्भावना

 असोज १८, २०७९ मंगलबार १७:३०:२८ | रासस
unn.prixa.net

काठमाण्डाै – दशैँकाे महानवमीका दिन आज मङ्गलवार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेस प्रदेश तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भू–भाग तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । त्यस्तै विजयादशमीको दिन भोलि बुधवार देशको पश्चिम भागमा ठूलाे पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।

महाशाखाका अनुसार आज राति पनि बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नं १, मधेसका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विजयादशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया