नागढुङ्गा–नौबिसे सुरुङमार्गमा मुआब्जा अझै बाँकी

 असोज १९, २०७९ बुधबार ८:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन ।

पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ । घरधनी र जग्गाधनीलाई मुआब्जा वितरण हुन बाँकी रहेकाले पूर्ण अधिग्रहण हुन नसकेको हो ।

घरजग्गाको मुआब्जा पूर्ण रूपमा वितरण गर्न आर्थिक वर्ष २०७८/७९ को अन्त्य र नयाँ आर्थिक वर्षको बजेटको निकासामा ढिलाइ भएकाले पनि काम सक्न ढिलाइ भएको आयोजनाको पुनर्वास व्यवस्थापन विज्ञ पदमराज शर्माले बताउनुभयो । उहाँका अनुसार मुख्य राजमार्ग र सुरुङमार्गको मुख्य प्रवेशद्वार किसिपिडी खोला आसपास अधिग्रहण गरिएका घरजग्गा भत्काउने कार्य अन्तिम चरणमा पुगेको हो ।

धादिङ र काठमाण्डौ सुरुङमार्गलाई प्रत्यक्ष छुने क्षेत्रका घरजग्गा अधिग्रहणको काम केही बाँकी छ । सुरुङमार्गमा प्रत्यक्ष जोडिएका दुई जिल्लाका ३ सय ४ घरधुरी र ४६ वटा सार्वजनिक संरचना छन् ।

मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटरमध्ये एक हजार ५ सय २० मिटर मार्ग निर्माण भइसकेको छ । मुख्य सुरुङमार्गसँगै निर्माण सुरु भएको सहायक सुरुङमार्ग दुई हजार ५ सय ५७ मिटर लम्बाइको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया