वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

 असोज २१, २०७९ शुक्रबार ७:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । झण्डै डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराउँदै आउनुभएका गायक पाण्डेको हिजो ५९ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको काठमाण्डौमा रहेको आफ्नै घरमा निधन भएको पारिवारका सदस्यले बताएका छन् । रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिनुभएको छ ।

२०२० साल माघ १० गते काठमाण्डौको भुरुङखेलमा उहाँको जन्म भएको थियो । गायक पाण्डेले २०३९ सालदेखि रेडियो नेपालमा गीत गाउन सुरु गर्नु भएको थियो । उहाँका धेरै आधुनिक, युगल गीतसँगै भजन रेकर्ड भएका छन् ।

पाण्डेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । गायक पाण्डेसँग केही समय पहिले हामीले ‘उज्यालो फल्चा’मा कुराकानी गरेका थियौँ । 
 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया