झापामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाकाे ज्यान गयाे, २ जना घाइते

 असोज २२, २०७९ शनिबार ९:३५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

झापा – झापामा छुट्टाछुट्टै ठाउँमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् । 

कनकाई नगरपालिका–९ मा प १–०२–०४० प ७६४० नम्बरको मोटरसाइकल सडक छेउको नालीमा पल्टिँदा मोटरसाइकलका चालक सप्तरी सप्तकोशी नगरपालिका–९ का केशव गौतमको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका १३ वर्षका छोरा सङ्केत गौतमको झापाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै झापाको कमल गाउँपालिका–६ ताजपुरिया चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेको परिचय खुलेको छैन । मोटरसाइकल चालक २८ वर्षका साहिल आचार्य घाइते भएका छन् । आचार्यले चलाएको प १–०१–०१४ प ६९७८ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया