बाढी–पहिरो र डुबानमा परेकालाई उद्धार गर्न, आवश्यक परे हेलिकप्टर प्रयाेग गर्न गृह मन्त्रीको निर्देशन

 असोज २२, २०७९ शनिबार ९:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि निर्देशन दिनुभएको छ ।

गृह मन्त्री खाणले हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा तत्काल प्रयोग गर्न पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले सुरक्षा निकाय र प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सरकारको मुख्य दायित्व नागरिकको जिउ–धनको रक्षा गर्नु रहेको भन्दै विपदमा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

गृह मन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई वटा हेलिकप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेका छन् । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया