बबई, राप्ती, कर्णाली र महाकालीमा सतर्कता अपनाउन आग्रह

 असोज २२, २०७९ शनिबार ११:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : अर्जुन चालिसेकाे फेसबुकबाट

काठमाण्डाै – आज शनिवार बबई तथा पश्चिम राप्तीमा पानीको सतह केही घट्ने तर खतरा तह भने माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैबीच बर्दियामा बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बीच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिनुभयो ।  

त्यस्तै कर्णालीमा पानीको बहाव सतर्कता आसपास हुने, महाकालीमा पानीको बहाव बढ्ने अनुमान छ । आज शनिवार र भोलि आइतवार कर्णाली, महाकाली र यसका सहायक नदीलगायत कर्णाली र सुदूरपश्चिम भइ बग्ने साना नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

विशेषगरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, अछाम, बाजुरा र बझाङसहित आसपासका जिल्लामा जोखिम छ । त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, मुगु र हुम्लामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया