उजुरी विरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई दिउँसो २ बजेसम्मको समय

 असोज २५, २०७९ मंगलबार ७:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय दिइएको हो।

देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस वीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध हिजो निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा उजुरी परेको थियो ।

निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया