देउवाकाे उम्मेदवारीविरुद्ध परेकाे उजुरी खारेज, ‘मतदाता नामावलीमा जन्ममिति गलत प्रिन्ट’

 असोज २५, २०७९ मंगलबार १७:११:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ ।

देउवाको नागरिकतामा उल्लेख भएको जन्ममिति र मतदाता नामावलीमा भएको जन्ममिति फरक परेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उम्मेदवारी खारेजीको माग गरेर हिजो साेमवार उजुरी दिनुभएको थियो ।

तर आज मङ्गलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीलाई खारेज गरेर देउवाको उम्मेदवारी कायम गरिदिएको छ । कार्यालयले देउवाको जन्ममिति नागरिकतामा उल्लेख भएअनुसार नै २००३ जेठ ३१ गते रहेको भन्दै मतदाता नामावलीमा गलत प्रिन्ट भएका कारण २००२ जेठ ३१ गते उल्लेख हुन पुगेको दाबी गरेको छ । 

देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।

‘उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।’

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया