नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश, तर खानेपानीको समस्या...
चैत ८, २०७९ बुधबार
महोत्तरी – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि महाेत्तरीबाट उम्मेदवारी दिएकामध्ये नाै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
महाेत्तरी क्षेत्र नं ३ काे प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिनुभएकाे छ । आज बुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले आउँदाे मङ्सिर ४ गते हुन लागेकाे चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।
यस्तै उम्मेदवारी फिर्ता लिनेमा त्यही निर्वाचन क्षेत्र नं. ३ (ख) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सफुदिन अन्सारी पनि हुनुहुन्छ ।
क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका कृष्णप्रसाद देवकोटा र क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार रामबाबु साहले पनि उम्मेदवारी दिनुभएकाे छ ।
यस्तै क्षेत्र नं. १ (क) का स्वतन्त्र उम्मेदवार हरेराम लामा, क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटा, क्षेत्र नं. २ (क) का स्वतन्त्र उम्मेदवार हरिचन यादव, क्षेत्र नं २ कै स्वतन्त्र उम्मेदवार मुरली यादव र क्षेत्र नं. ४ (क) का स्वतन्त्र उम्मेदवार दिनेशकुमार यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।