कांग्रेसले भन्याे– असाेज ३१ गतेसम्म बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा हुन्छ

 असोज २७, २०७९ बिहीबार १६:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले आज बिहीवार विज्ञप्ति निकालेर असाेज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे हाे । 

उम्मेदवारी फिर्ता लिए पार्टीले गरेकाे कारबाही फुकुवा हुने उल्लेख छ । हिजाे बुधवारमात्रै कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेकाे थियाे ।

पार्टीबाट निष्कासित गरेकाे एक दिन नबित्दै कांग्रेसले आज उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे हाे । नेपाली कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहदेखि केन्द्रीय सदस्य दिनेश कोइरालासम्मले बागी उम्मेदवारी दिएका छन् । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया