म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत

 असोज १५, २०७५ सोमबार १४:३५:२३ | रासस
unn.prixa.net

म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । 

आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भए पनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए । यो मतदानसँगै म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ ।

निर्वाचन आयोगका अनुसार, मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना गर्दा ९१।३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति जनाएका छन् । नाम परिवर्तन गर्नु हुँदैन भन्ने पक्षमा केबल ५।७ प्रतिशत मत आएको थियो ।

म्यासेडोनियाका १८ लाख मतदातामध्ये करिब एक तिहाइले मात्र मतदान गरेका थिए । मतदानको परिणाम सार्वजनिक भएसँगै ग्रीसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्रीस गत जुन महिनामा म्यासेडोनियासँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ ।

नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ । ग्रीसका प्रधानमन्त्री अलेक्सिस चिप्रासले म्यासेडोनियाका समकक्षीलाई टेलिफोन गरी सम्झौताको कार्यान्वयनलाई निष्कर्षमा पुर्‍याउन म्यासेडोनियाका प्रधानमन्त्रीको साहस र प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

अब म्यासेडोनियाको नाम परिवर्तनका लागि संसदको दुई तिहाइ मत आवश्यक पर्नेछ । साथै, यसलाई ग्रीसको संसदले समेत अनुमोदन गर्नुपर्नेछ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया