ऐँसेलुखर्कको बादेलमा टाउको दुख्ने, ज्वरो आउने बिमारी फैलियो

 असोज २९, २०७९ शनिबार २०:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बादेलमा टाउको दुख्ने, ज्वरो आउने भाइरल बिमारी फैलिएको छ ।

दशैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर करकर खाने लगायतका समस्या देखिने भाइरल बिमारी फैलिएको हो ।

भाइरल बिमारीले साविकको बाकाचोल–२ र ३ मा पर्ने बादेलका धेरैजसो  घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताउनुभयो । 

भाइरल बिमारीको संक्रमण बढ्दै गएपछि स्वास्थ्य चौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बादेलमा उपचार शिविर सञ्चालन गरिएको छ ।

उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।

कतिपय सिकिस्त अवस्थाका बिरामीलाई आफन्तले स्ट्रेचरमा बोकेर उपचार शिविरमा ल्याएका थिए । धेरैजसो बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको स्वास्थ्यचौकी बाकाचोलका प्रमुख एचए दीपेन्द्र मगरले बताउनुभयो ।

तीन दिनभित्र समस्याको हल नभए प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कसँगको समन्वयमा थप स्वास्थ्यकर्मी र औषधिसहित थप उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया