सरकारले राष्ट्रिय सम्मान दिएर जोशीको बिदाइ गर्ने

 असोज ३०, २०७९ आइतबार १३:५२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आज बिहान निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीबाट शोक सलामी अर्पण गरेर राष्ट्रिय सम्मान दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

जोशीको शव अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा राखिएको छ । पुल्चोकमै दिउँसो ४ बजे नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय जोशीलाई शोक सलामी अर्पण गर्नेछ । शोक सलामी दिएर जोशीको शव  किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ ।

जोशीले जीवित रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेकाले उहाँको शवलाई आजै किष्ट अस्पतालमा लगेर राख्ने तयारी छ । शताब्दी पुरुष सत्यमोहन जोशीको बिहान उपचारका क्रममा निधन भएको हो ।

ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ । उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनु भएको थियो।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया