दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयरबजार परिसूचक नेप्से आज आइतवार नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ ।
नेप्से सूचक घटेकाे दिन दुई सय २१ वटा कम्पनीकाे २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको आठ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशत र सिटिजन्स बैंकको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।