देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्ने प्राधिकरणको घोषणा

 असोज ३०, २०७९ आइतबार १५:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द गर्ने निर्णय गरिएको महानिर्देशक प्रदीप अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । 

‘आज पोखरामा भएको दुर्घटनापछि मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेका छौँ’, अधिकारीले भन्नुभयो । 

प्राधिकरणले अब प्याराग्लाइडिङको उडानबारे सुरक्षाको नयाँ मापदण्ड जारी गर्ने तयारी पनि गरेको छ । नवौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धाका क्रममा आज आइतवार बिहान प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाको तर्फबाट खेलेका निसिम थापाको ज्यान गएको छ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया