झापामा मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गयो : दुई जना घाइते

 कात्तिक १, २०७९ मंगलबार ७:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

विर्तामोड नगरपालिका–२ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरका मोटरसाइकल ठोक्किँदा चालकहरु बाह्रदशी गाउँपालिका–२ का २५ वर्षका अनिस साउदेन र बाह्रदशी गाउँपालिका–६ का ४३ वर्षका भोलाराज भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भुजेलको श्रीमती ४२ वर्षकी चन्द्रकला, छोरी ९ वर्षकी प्रशना घाइते भएका छन् । घाइते चन्द्रकला र प्रशनाको उपचारका लागि बी एन्ड सी पठाएकोमा थप उपचारको लागी विर्तासिटी अस्पताल लगिएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया