न्यूनतम तापक्रम घट्दै : सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना

 कात्तिक १, २०७९ मंगलबार ७:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - देशभर न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा घाम चर्किने भएकाले अधिकतम तापक्रममा खासै घटबढ भएको छैन, तर न्यूनतम तापक्रम भने बिस्तारै घट्न थालेको छ । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ ।

हिजो १२ दशमलव २ डिग्री सेल्सियस थियो ।  देशैभर बिहान र बेलुका चिसो हुन थालेको छ । आज  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका  प्रदेशको मौसम सामान्यतया सफा नै रहने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशको मौसम बदली हुन लागेको हो । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया