जावलाखेल पुष्प मेला तथा प्रदर्शनी आजदेखि

 कात्तिक ३, २०७९ बिहीबार ७:५७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आजदेखि सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार तिहार तथा छठ पर्व, घर आँगन/बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला गरिएको हो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहनेछन् ।

प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ ।

प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कटफ्लावर प्रजाति रहेका छन् ।

साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा रहनेछन् ।

यो मेला फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा हुन लागेको हो ।

मेलामा प्रवेशका लागि साधारणतर्फ एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ रहेको छ ।

प्रदर्शनीमा अवलोकनकर्तामध्ये ५ जनालाई विजेता घोषणा गरी ६ गते बेलुका सिभिल मलमा हुने चलचित्र ‘महापुरुष’ को प्रिमियर शोमा महजोडीसँगै सहभागी हुने अवसर दिइने एसोसिएसनले जनाएको छ । प्रदर्शनी आउँदो आइतवारसम्म चल्नेछ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया