देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

 कात्तिक ३, २०७९ बिहीबार ८:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्यमन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ’ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

पोषणविद् अरुणा उप्रेतीले आफ्नै करेसाबारी र घर आँगनमा पाइने हरियो साग सब्जीमा भिटामिन ‘ए’ पाइने भएकाले यस्ता खानेकुरा खान सुझाव दिनु भएको छ ।

गाउँघरमा सजिलै पाइने लट्टेको सागमा गहुँमा भन्दा बढी रेसादार र लौहतत्व पाइने उहाँले बताउनुभयो । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि लट्टेको सागमा पाइने बताउनुभयो ।

उहाँका अनुसार कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । शिशु, महिला, गर्भवती सबैको लागि लट्टेको साग अति उपयोगी हुने पनि उहाँको भनाइ छ ।

त्यस्तै, सिस्नोसँगै रायोको सागमा पनि प्रचुर मात्रामा भिटामिन पाइने भएकाले यस्ता खानेकुरा खान उहाँको सुझाव छ ।
 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया