लजको कोठाभित्र गोप्यरूपमा भिडियो रेकर्ड गर्ने व्यक्ति पक्राउ

 कात्तिक ४, २०७९ शुक्रबार १३:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे बाँसवारीमा लजकाे काेठाभित्र गाेप्यरूपमा भिडियाे रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

काठमाण्डाै महानगरपालिका ३ बाँसवारीमा रहेकाे बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाको गोप्यरूपमा अश्लील भिडियो रेकर्ड गर्ने काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका १५ का मुकेश मालीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । ती व्यक्ति त्यही लजकाे म्यानेजर रहेका खुलेकाे छ । 

प्रहरीले उनकाे साथमा रहेकाे माेबाइल फाेनमा गेस्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिका रेकर्डेड भिडियो पनि फेला पारेकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पाँच दिनकाे म्याद थप अनुमति प्राप्त भइ उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया