रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको  आयात

 कात्तिक ६, २०७९ आइतबार २०:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको सामग्री आयात भएको छ ।

साउनदेखि असोज मसान्तसम्म पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री आयात भएको हो ।

आयात भएका सामग्रीमा स्याउ, ओखर तयारी कपडाका साथै जलविद्युत् र गाडीका पाटपुर्जा धेरै रहेका छन् ।

हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा, मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको छ ।

त्यस्तै रसुवागढी नाकाबाट तिहारका लागि स्याउ, ओखर, किभीलगायतका फलफूल आयात भएका छन् ।     
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया