काठमाण्डौ महानगरपालिका र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता

 कात्तिक ७, २०७९ सोमबार १२:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाण्डौ महानगरपालिका र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ ।

शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार, आउँदो २ वर्ष वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिम लगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ ।

वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो । सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् ।

कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डङ्गोलले डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने बताउनुभयो ।

उहाँले काठमाण्डौ महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीको पहुँचमा एकै पटक डिजिटल साक्षरताको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया