दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – तिहारमा खाइने खाने कुरा आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै खान डाक्टरले सुझाव दिएका छन् । तिहारको समयमा चिल्लो, पिरो, तारेकाे खाने कुरा धेरै खाइने र यसले स्वास्थ्यमा असर गर्न सक्ने भन्दै खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका हुन् ।
सेलरोटी, तारेका तरकारी र अचार, माछामासु लगायतका खानेकुराले स्वास्थ्यमा गर्ने बेफाइदाबारे कमैले मात्रै हेक्का राख्ने गरेका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलितरूपमा मात्रै खान कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवनका डा. खुशराज देवानले सुझाव दिनुभयो ।
डा. देवानले तेल वा घिउमा तारेर बनाएका रोटी ग्यास्ट्रिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताउनुभयो । यस्ता समस्या भएका बिरामीले सेलरोटी नखाएकै राम्रो हुने उहाँको भनाइ छ ।
महिनौँदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा/दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ । बिरामीलाई थप समस्या आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा नखान पनि डाक्टरको आग्रह छ । सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिन डाक्टरको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।