शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त, डडेल्धुराका सातवटै पालिकामा हुने सभालाई सम्बोधन गर्दै देउवा

 कात्तिक १७, २०७९ बिहीबार ७:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि शीर्ष नेताहरु प्रचारप्रसारमा हिँड्न थालेका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि हिजै कैलालीको धनगढी पुग्नु भएको छ । उहाँ आज गृह जिल्ला डडेल्धुरा पुग्दै हुनुुहुन्छ। डडेल्धुराबाट उहाँले चुनावी आमसभाको सुरुवात गर्दै हुनुहुन्छ ।

देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । उहाँ आउँदो आइतवारसम्म नै  गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । उहाँले भोलिबिहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, पर्सि बिहान अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गामा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न भोलि शुक्रवार उपत्यकाबाहिर जाँदै हुनुहुन्छ । ओलीले भोलि सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुनुहुन्छ । प्रचण्ड पुनः केही दिन उम्मेदवार रहेको गोरखा २ मै केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि गृहप्रदेश मधेसमै केन्द्रित हुनुहुन्छ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया