उज्यालो सहकर्मी भावुक याेगी सम्मानित

 कात्तिक १७, २०७९ बिहिबार १९:४८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियाका उज्यालाे सहकर्मी भावुक याेगी आज बिहीवार सम्मानित हुनुभएकाे छ । बर्दियाकाे खाता जैविक मार्ग क्षेत्रमा हात्ती संरक्षण तथा हात्तीप्रति मानव व्यवहारबाट सकारात्मक भइ मानव हात्ती सहअस्तित्व कायम गर्ने अभियानमा कलम चलाएबापत उज्यालो सहकर्मी याेगी बर्दियाकाे उज्यालो नेपाल संस्थाद्वारा सम्मानित हुनुभएको छ । याे संस्थाले 'हात्ती मेराे साथी' अभियान सञ्चालन गरिरहेको छ । 

वन्यजन्तु तथा वातावरण संरक्षणका सवालमा उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत मानव हात्ती सहअस्तित्वका लागि 'हात्ती मेरो साथी' अभियान सञ्चालन गरिरहेकाे उज्यालो नेपाल संस्थाले रेडियो टाइगरका प्रबन्ध निर्देशक एवम् नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका उपाध्यक्षसमेत रहनुभएका पत्रकार याेगी सम्मानित हुनुभएको हाे ।

उज्यालो नेपालका अध्यक्ष नवराज न्याैपाने, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशाेक भण्डारी र डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविन बिडारीले संयुक्तरूपमा पत्रकार याेगीलाई सम्मान पत्रसहित सम्मान गर्नुभएको हाे ।

झन्डै १९ वर्षदेखि वन, वन्यजन्तु तथा वातावरण संरक्षणका पक्षमा कलम चलाउँदै आउनुभएका रेडियोकर्मी पत्रकार याेगीले सात वर्षअघि बाघ संरक्षणमा टेवा पुग्ने उद्देश्यसहित रेडियो टाइगर एफएम पनि बर्दियाकाे भुरिगाउँमा सञ्चालनमा ल्याउनुभएकाे छ । संरक्षण अभियानमा समाचार सम्प्रेषण गरेबापत बेला–बेला उहाँ सम्मानित हुँदै आउनुभएकाे छ । 

कार्यक्रममा याेगीसहित अन्य पाँच जना पत्रकारलाई पनि उज्यालो नेपाल संस्थाले सम्मान गरेको छ । राजधानी दैनिकका संवाददाता सुदीप अधिकारी, नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे, नेपाल टेलिभिजनका संवाददाता डिलप्रकाश गौतम र पत्रकार सरम चाैधरी पनि सम्मानित हुनुभएको संस्थाका कर्मचारी रमेशकुमार थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया