पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक अधिकारी

 कात्तिक १८, २०७९ शुक्रबार १८:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्ने बताउनुभएको छ । 

हिजाे बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा–क्वलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरणले गर्ने बताउनुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अरू कसैलाई दिने अवस्थामा प्राधिकरण नभएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अब नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्नेछ । यो विमानस्थलकाे ग्राउन्ड ह्यान्डलिङ कसैलाई दिने अवस्थामा हामी छैनौँ । किनभने यो विषयमा धेरै नै विवाद भयाे । कि यो प्रतिस्पर्धात्मक हुन्छ कि प्राधिकरणले आफ्नो अधिकार प्रयोग गर्छ । नेपालको कानुनले ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । त्यस कारणले पोखराको विमानस्थलमा अब कि प्रतिस्पर्धात्मक हुनेछ कि प्राधिकरण आफैँले गर्नेछ ।’

महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताउनुभयो । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने र देश, विदेशमा प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बिहीवारदेखि हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान सुरु गरेको छ । पहिलो उडानमा एक सय ३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन् । अहिलेका लागि भैरहवाबाट नियमित चार्टर्ड उडान गरिने र आउँदा दिनमा भने तालिकाअनुसार उडान गर्ने हिमालय एअरलाइन्सले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया