कालीगण्डकीमा र्याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

 कात्तिक २०, २०७९ आइतबार १२:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाल्पाको रानीमहल क्षेत्रमा रहेकाे कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । साहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानीमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् ।

कोभिड-१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउनु हुन्छ । उहाँहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक ठाउँको भ्रमण गर्न मन पराउने गरेको बताउनु भयो । शर्माले रानीमहल मात्रे भनेर घुम्न गए पनि र्याफ्टिङ रहेको थाहा पाएपछि र्याफ्टिङ चढेको बताउनु भयो । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो ।

रानीमहलको बायाँबाट बग्ने पवित्र कालीगण्डकीमा दैनिक सयौँको सङ्ख्यामा स्थानीयदेखि बाह्य पर्यटक र्याफ्टिङको मज्जा लिन आउने गरेका छन् । अहिले रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा सुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउनुहुन्छ ।

गण्डकी प्रदेशको स्याङ्जामा रहेकाे कालीगण्डकी गाउँपालिका,पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिब २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको बताउनु भयो । उहाँले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय, छलफल र सहकार्यमा जुटेको बताउनुभयो ।

जल यात्रामा रमाउन लाखौँ रुपैयाँ खर्चिएर नेपालीहरु विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै सुरु भएको र्याफ्टिङप्रति बाह्य पर्यटकको आकर्षण बढाउनसकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया