मधेस आन्दोलनसँग जोडिएकै मुद्दालाई समेट्दै लाेसपाकाे घाेषणापत्र सार्वजनिक

 कात्तिक २०, २०७९ आइतबार १९:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस आन्दोलनसँग जोडिएकै मुद्दालाई समेट्दै घोषणापत्र सार्वजनिक गरेको छ । 

आज आइतवार महोत्तरीको जलेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । 

लोसपाको घोषणापत्रमा संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रूपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति र हरेक विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्त्वका साथ समेटिएको छ ।

यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी लगायतका दलले घाेषणापत्र सार्वजनिक गरिसकेका छन् ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया