कात्तिक नाच आज सकिँदै : दशौँ दिन आज दधिलिला हुँदै

 कात्तिक २२, २०७९ मंगलबार ७:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ललितपुरको पाटनमा चलिरहेको कात्तिक नाच आज सकिँदैछ । आज बेलुका ७ बजे कात्तिक डबलीमा दधि लिला हुँदैछ । गएको कात्तिक १३ गतेदेखि सुरु भएको नाच अन्तर्गत नवौँ दिन वस्त्रहरण लीला तथा आठौँ दिन नृसिंह अवतार हिरण्यकश्यपु वधः प्रदर्शन गरिएको थियो।

३ सय ८२ वर्ष पुरानो कात्तिक नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको उल्लेख छ । कृष्णलिला र विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरु प्रस्तुत गरिन्छ ।

नेपालको इतिहासमा सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा पनि यसलाई लिइन्छ । हरेक दिन फरक–फरक कथामा प्रदर्शन गरिने भए पनि सबै प्रहसन र नाच एकआपसमा जोडिएका कात्तिक नाच संरक्षण समितिका सदस्य सञ्जय शर्माराज उपाध्याय बताउनुहुन्छ ।

कात्तिक नाचमा कृष्णलीला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लीला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलीला लगायतका नाचहरु देखाउने गरिन्छ । यो नाचले समाजको विकृति र विसङ्गति उजागर गर्नुका साथै सांस्कृतिक तथा ऐतिहासिक महत्त्व पनि झल्काउने गरेको कात्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रताप धर शर्माको भनाइ छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया