दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका निलम्बित नायब सुब्बा शिवराज उपाध्यायले एक करोड १० लाख रुपैयाँभन्दा धेरै भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बझाङको सुर्मा गाउँपालिकामा कार्यरत रहँदा निलम्बनमा परेका उपाध्यायले कार्यरत रहेको समय अर्थात् २०५५ सालको भदौ २५ गतेदेखि २०७८ सालको चैत ३० गतेसम्म आर्जन गरेको सम्पत्ति र अहिलेकाे सम्पत्ति तथा खर्च विवरणकाे आधारमा एक करोड १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारले एक करोड १० लाख ६७ हजार बिगो र बिगो बराबर जरिबाना तथा कैद सजायको मागदाबी गरेको छ ।
निलम्बित नायब सुब्बा उपाध्यायले स्रोत नखुलेको सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा समेत राखेको पाइएकोले उनको नाममा भएको सम्पत्ति बराबरको बिगो र जरिबाना जफतको दाबीसमेत अख्तियारले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।