ललितपुरको मल्लकालीन ऐतिहासिक कात्तिक नाच सम्पन्न

 कात्तिक २३, २०७९ बुधबार ८:४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको मल्लकालीन ऐतिहासिक कात्तिक नाच सकिएको छ । हिजो बेलुकी  कृष्णको दधि लीला देखाएर यसवर्षको कात्तिक नाच सकिएको हो ।

सोमबार कात्तिक नाचमा कृष्णको वस्त्रहरण लिला देखाएको थियो भने कात्तिक नाचको मुख्य आकर्षण नरसिहं अवतार आइतबार देखाएको थियो। आइतबार मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भीड लागेको थियो । कात्तिक नाच ललितपुरको मंगलबजारमा रहेकोे कात्तिक दबलीमा देखाइने गरिन्छ । यसवर्ष कात्तिक नाच १० दिनसम्म संचालन भएको थियो ।

कात्तिक नाचमा दिनैपिच्छै कृष्ण लिलामा आधारित फरक फरक नाचहरु देखाइने गरिन्छ । हरेक दिनको नाचको लागि पाटन दरबार  क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । कात्तिक नाचमा राजोपाध्याय , श्रेष्ठ , प्रधान , अमात्य, जोशी ,मल्ल लगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गर्दछ ।  

नेपालको इतिहासमा सबैभन्दा  लामो समयदेखि निरन्तर सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गर्नु भएको हो । यस वर्ष यो नाच सञ्चालन भएको तीन सय ८२ वर्ष लागेको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया