भोजपुर : ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गयाे, आमा घाइते

 कात्तिक २४, २०७९ बिहिबार ८:३४:२३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे ।

उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया