आज निमोनियाविरुद्धको दिवस मनाइँदै : रोकथाम र उपचारमा विशेष ध्यान दिन डब्ल्यूएचओको आग्रह

 कात्तिक २६, २०७९ शनिबार १०:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज निमोनियाविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनियाविरुद्धको दिवस मनाउने गरिन्छ । विश्वमा कोरोना महामारी, डेङ्गीलगायतका सङ्क्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ।

निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको सङ्क्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्छ । निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।

निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आग्रह गरेको छ। यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ।

निमोनियाबारे जनचेतना बढाउन सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । बिरामीको अवस्थाअनुसार उपचार हुने भएकाले लक्षणहरू देखिनासाथ अस्पताल जान डाक्टरको सल्लाह छ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया