चुनावको दिन अत्यावश्यक सेवाका गाडी चलाउन सहज, कस्ता गाडी चलाउन पाइन्छ ?

 कात्तिक २६, २०७९ शनिबार १८:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन गाडी सञ्चालनको लागि केही सहज बनाएको छ । यसअघिका चुनावहरुमा मतदानको दिन चलाउने धेरैजसो गाडीका लागि आयोग वा आयोगले तोकेका कार्यालयबाट पास लिनुपर्ने व्यवस्था हुने गरेकोमा यस वर्ष तोकिएको सेवा र क्षेत्रका गाडी चलाउन अनुमति लिनु नपर्ने भएको हो ।

आयोगले निकालेको सूचनामा एम्बुलेन्स, शव वाहान, दमकल, खानेपानीका ट्याङ्कर, दुध बोक्ने गाडी, तरकारी फलफूल तथा विद्युत सेवा, दुरसञ्चार र केबलका लागि प्रयोग हुने गाडी निर्वाध रुपमा चलाउन पाउने उल्लेख छ ।

यस्तै सञ्चारकर्मीले प्रयोग गर्ने गाडी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रयोग गरेको गाडी, निर्वाचन आयोगबाट जारी प्रमाणपत्रबाहक व्यक्तिले प्रयोग गरेका गाडी तथा पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी चलाउन पनि अनुमती लिन नपर्ने भएको छ ।

यस्तै कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी र मतदान केन्द्रमा खटिने कर्मचारी तथा स्वयम्सेवकले प्रयोग गर्ने गाडी पनि निर्वाध रुपमा चल्न दिने आयोगले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया