आयोगद्वारा बाराकाे पचरौता नगरका मेयर जैसवार र पुकार बमलाई जरिबाना

 कात्तिक २६, २०७९ शनिबार २०:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको आरोपमा बाराको पचरौता नगरपालिकाका मेयर जलन्धरसिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

आचारसंहिता विपरीत तथा कार्यक्रममा स्वीकृत भएका बाहेकमा बजेट खर्च गरेको भन्दै जैसवारलाई जरिबाना गरिएको आयोगले जनाएको छ ।

त्यस्तै, आचारसंहिता उल्लङ्घनमै काठमाण्डौ-१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुकार बमलाई आयोगले पाँच हजार रुपैयाँ जरिबाना गरेको छ ।

बमलाई आफ्नो नाम अङ्कित टिसर्ट प्रयोग गरेको भन्दै जरिबाना गरिएको आयोगले जनाएको छ । यस्तै, व्यापार तथा निकासी केन्द्रका अधिकृत गोकुल वस्ती, अछामको साँफेबगरको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवर र जनता आधारभूत माविका शिक्षक जीवन यादवलाई पनि जनही पाँच/पाँच हजार रुपैयाँ जरिबाना गरिएको आयोगले जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया