चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – अशान्ति, असुरक्षा, भद्रगोल, अस्तव्यस्त र अराजकता देखेर सरकारप्रति नागरिकको वितृष्णा बढिरहेको बेला केही मन्त्रीले आशा जगाउने काम पनि गरिरहेका छन् ।
नागरिकलाई आशा जगाउने थोरैमध्येमा पर्नुहुन्छ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ।
मन्त्री विष्टको अगुवाईमा दुईथरि अभियान एकैपटक सुरु भएको छ । एक–बेरोजगारलाई स्वदेशमै रोजगारीको वातावरण बनाउने र विदेशमा रहेकालाई नेपाल फर्काएर काम दिने । दुई–वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता भएकाको आर्थिक र भौतिक सुरक्षा गर्ने ।
पहिलो अभियान अन्तर्गत रोजगारीको हकसम्बन्धी ऐन र युवालाई स्वरोजगार बनाउने योजना तयार भैसकेको छ । दोस्रो अभियानअनुसार भर्खरै मात्र मलेसियाँसँग श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।
भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले बेहोर्ने सहमतिसँगै अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् । मलेसिया मात्र होइन, वैदेशिक रोजगारीका अरु गन्तव्यमा जाने कामदारले पनि निःशुल्क रुपमा जान पाउनेगरी सम्झौताको तयारी भैरहेको मन्त्री विष्टले बताउनुभएको छ ।
मलेसिया जाने कामदारसँग थप शुल्क लिने संस्थालाई खारेज गर्ने अडानमा मन्त्री विष्ट उभिएपछि थप शुल्क पनि रोजगारदाताले नै तिर्नेगरी मलेसिया श्रम सम्झौतामा हस्ताक्षर गर्न तयार भएको हो । यससँगै नेपाली कामदारको हकहित र सुरक्षाका विषयमा पनि मलेसिया सरकार गम्भीर भएको छ । दुवै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने तयारी छ ।
केही दिनमै मलेसियाका श्रम मन्त्री नेपाल आउने कार्यक्रम छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टसँगको हस्ताक्षरपछि चार महिनादेखि बन्द मलेसियाको रोजगार खुल्नेछ ।
नेपाली कामदारका लागि सबैभन्दा आकर्षक र प्रमुख गन्तव्य मलेसियासँग अहिलेसम्म कुनै प्रकारको सम्झौता तथा समझदारी हुन सकेको छैन । मन्त्री विष्टको पहलमा एक दशकपछि मात्र मलेसियासँग श्रम सम्झौता हुन लागेको हो ।
श्रम सम्झौताको लागि यसअघि पनि पटक–पटक पहल भएको थियो । तर यसले सार्थकता पाउन सकेको थिएन । गएको जेठमा मन्त्री विष्टले कामदारबाट थप शुल्क लिने संस्था खारेज गरेर कामदार पठाउन रोक लगाएपछि मलेसियालाई नेपालसँग श्रम सम्झौता गर्न बाध्य बनाएको हो ।
यसअघि मलेसिया सरकारसँग मिलेर खडा गरिएका भीएलएन, जीएससी, वानस्टप सेन्टरलगायतका नाममा नेपाली कामदारबाट प्रतिव्यक्ति करिब १९ हजार अतिरिक्त शुल्क लिने गरिएको थियो । श्रम सम्झौतामा हस्ताक्षर भएपछि अब मलेसिया जाने नेपालीले पैसा दिनु पर्दैन । यससँगै चार महिना अघिसम्म चल्दै आएको ठगी रोकिने विश्वास छ ।
सरकारले देशभित्रै रोजगारीको वातावरण बनाउने घोषणा गरे पनि वैदेशिक रोजगारी नेपालीको रहर नभएर बाध्यता हो । त्यसमाथि देशको अर्थतन्त्र विदेशबाट युवाले पठाएको रेमिट्यान्सबाटै चलिरहेको छ । सरकारले ५ वर्षभित्र कामको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने त भनेको छ । तर त्यसको भरपर्दो आधार तय भैसकेको छैन ।
अहिले पनि ५ लाखभन्दा धेरै नेपाली मलेसियामा काम गर्छन् । सबैभन्दा धेरै नेपालीले काम गर्ने ठाउँ मलेसियामा धेरैथरीका समस्या छन् । एक त मलेसियासम्मको यात्रा नै सुरक्षित हुन सकेको छैन । करार सम्झौताअनुसार काम, दाम र सुविधा नपाउने समस्या छ । अवैधानिक रुपमा अलपत्र पर्ने तथा बेवारिसे हुनेसम्मका समस्या छन् । असुरक्षाका कारण ज्यान गुमाउने नेपालीको संख्या मलेसियामै धेरै छ ।
अब श्रम सम्झौता भएसँगै नेपाली कामदारले यस्ता समस्या भोग्नु पर्दैन । रोजगारदाताले नै सबै जिम्मा लिने भएपछि भनेअनुसारको तलब सुविधा पाइनेछ । कुनै समस्या आएमा कामदारले म्यानपावर कम्पनीको सट्टा सीधै सरकारसँग गुनासो गर्न पाउँछन् ।
कामदारको सुरक्षामा पनि सम्बन्धित देश र रोजगारदाता जिम्मेवार बन्न बाध्य हुन्छन् । त्यसैले अब मलेसिया जाने नेपाली कामदारको आर्थिक र भौतिक सुरक्षा अरुको भन्दा बलियो हुने निश्चित छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
Raju mandal
Oct. 14, 2018, 3:41 p.m.That's good.. but when opening right time pls
Sano yadav
Oct. 3, 2018, 11:56 p.m.अब कहिले खुल्छ त ?
शंकर पाण्डे
Oct. 3, 2018, 11:30 p.m.धन्यवाद सर लाई।
janak Bhattarai
Oct. 3, 2018, 6:31 p.m.काम त प्रसनीय छ तर यो देश रोजगारी मा पठाउन उपयूक्त हुदैन कमाई भन्दा मराई बढी हुन्छ
मनोज दाहाल
Oct. 3, 2018, 4:03 p.m.सरकारको तर्फ बाट प्रसंसनीय कामको खडेरी परेको बेला मन्त्रि बिष्टको यो कदमले नेपाली युवालाई उत्साहित बनाएको छ, बाध्यताको बन्धनले बिबस भएर बिदेसिनी नेपालीले निशुल्क बैदेसिक रोजगारिमा जान पाउने वातावरण सृजना गरेकोमा मन्त्रि ज्जु लाई बिशेस धन्यवाद, अब बिदेस हैन स्वदेसमै गरिखाने वातावरण बनाउने तर्फ लाग्नु होला शुभकामना |