कोटेश्वरमा ओलीकाे पैदलयात्रा

 कात्तिक २९, २०७९ मंगलबार १२:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नागरिक समाज र स्वतन्त्र अगुवासहित आज पैदल यात्रा कार्यक्रममा सहभागी हुनुभएकाे छ। 

मङ्गलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा ओली पनि सहभागी बन्नुभएको हो । चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो । 

उनीहरुले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बन्नुभएको थियो । 

चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्नाे चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया