रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

 कात्तिक २९, २०७९ मंगलबार १९:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । 

उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो । 

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो । उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताउनुभयो । 

त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्ने गरी आयोगबाट निर्णय भएको बताउनुभयो । 

आचारसंहिता लागू गरेपछि आयोगमा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका एक सय २१ वटा उजुरी परेका छन् । जसमध्ये ११ वटा उजुरी फस्र्याेट भइसकेका छन् भने एक सय १० वटा उजुरी फस्र्याेट गर्न बाँकी रहेका छन् । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • suraj bhattarai

    Nov. 16, 2022, 2:53 p.m.

    सबै भ्रस्ट र अनैतिक नेताहरुको सातो गएको छ त्यसैले अनेक प्रपन्च गरिरहेका छन।

  •  0 Reply
  • basanta tamang

    Nov. 16, 2022, 2:26 p.m.

    यहाँ कहा राम्रालाई काम गर्नलाई दिन्छ र हाम्रो देश नेपालमा/

  •  0 Reply
  • rajan gurung

    Nov. 15, 2022, 10:54 p.m.

    This is bad idea I think mr panday ji. Who is pm of uk right now???

  •  0 Reply
  • ram kishor singh

    Nov. 15, 2022, 9:08 p.m.

    यो देशमा राम्रालाई केही गर्न नै दिंदैनन् ....

  •  0 Reply
  • Cct hub BBC fun CT

    Nov. 15, 2022, 7:30 p.m.

    के गरेको यस्तो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया