च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरि मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा यस्तो आह्वान गर्नुभएको हो । उहाँले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्यरूपमा छान्ने अधिकार रहेको बताउँदै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मत सङ्केत गरिसकेको मतपत्रको गोपनीयता भङ्ग गरिए त्याे मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका बालिग मतदाताले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनै पनि किसिमको प्रलोभनमा नपरि गोप्यरूपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरूको अधिकार हो । आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो । मतदातालाई डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा पार्ने अवस्था सिर्जना गरेमा कानुन बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको छ । निर्वाचन कसुर तथा सजाय ऐनले कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, अरूले देख्ने गरी प्रदर्शन गर्न, गोप्य मत सङ्केत गर्ने ठाउँमा मत सङ्केत नगरेर अन्यत्रै गएर मतदान गर्न, बाहिर गएर मतदान गर्न र मत सङ्केत गरेको व्यहोरा कुनै पनि तरिकाले कसैलाई पनि भन्न जान हुँदैन । तपाईँ कसलाई मतदान गर्नुहुन्छ ? तपाईँ कुन चिह्नमा मतदान गर्नुहुन्छ ? भन्ने जस्तो प्रश्न सोधी कसैकाे गोपनीयताको हकलाई जबरजस्ती वञ्चित गर्ने गरी कुनै पनि गतिविधि गर्नु हुँदैन । मतदान प्रक्रियाको गोप्यता भङ्ग भयो भने त्यो मतपत्र गणना गर्नसमेत नपाउने व्यवस्था छ । त्यस्ता मतदातालाई कारबाही हुन्छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भङ्ग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अप्ठेराे पर्नसक्ने खतरा रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।