गुल्मीमा अग्रजहरूको सम्झनामा पार्क निर्माण

 पुष २८, २०८१ आइतबार १८:१९:४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा दिवङ्गत भएका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सम्झनामा पार्क निर्माण भएको छ । धुर्कोट गाउँपालिकाले पूर्वसांसद स्वर्गीय रुद्रमणि शर्मा भण्डारी, जिल्ला विकास समिति (जिविस) का पूर्वउपसभापति परमानन्द भण्डारी र गाउँ विकास समितिका पूर्वअध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणि, परमानन्द, टोमलाल स्मृति पार्क निर्माण गरेको हो ।

धुर्कोट गाउँपालिकाको ६७ लाख रुपैयाँ लागतमा वडा नम्बर–५ बस्तुमा तीन जना सामाजिक व्यक्तित्वको अर्धकदको सालिकसहित पार्क निर्माण गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

नवनिर्मित पार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएकाे छ । कार्यक्रममा मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरूलाई बिर्सिँदै जान थालेको अवस्थामा धुर्कोट गाउँपालिकाकाे कामकाे प्रशंसा गर्नुभयाे ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले समाजमा योगदान गरेका व्यक्तिहरूको इतिहासलाई जीवन्त राख्न र राजनीतिमा लागेर पनि समाज परिवर्तनका लागि गरेको कामको उच्च मूल्याङ्कन गर्दै पालिकाको तर्फबाट उहाँहरूको सम्झनामा पार्क निर्माण गरेको बताउनुभयो ।

सरल स्वभाव र सादगी जीवन व्यतित गरी सामाजिक क्षेत्रमा सधै समर्पित रहनुभएका शर्माको २०७५, जिविस उपसभापति भण्डारीको २०६६ र पूर्वगाविस अध्यक्ष पाण्डेको २०७१ सालमा निधन भएको थियो । कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वर्गीय तीनै जनालाई मरणोपरान्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया