नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फाेट : दुई जना घाइते

 मंसिर १, २०७९ बिहिबार ७:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

बाँके - बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फाेट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फाेट भएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा हिजो बेलुका बम बनाउने क्रममा विस्फाेट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर बम विस्फाेट भएको थियो । विस्फाेटबाट क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कोठाभित्र भेटिएको दुईवटा बममध्ये एउटा विस्फाेट भएको र अर्को नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताले बम बनाइरहेका र थप अनुसन्धान भइरहेको बाँकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

यसअघि हिजो दिउँसो भोजपुरमा बम विस्फोट भएको थियो । यसको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको थियो । विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया